Logo

१९ बैशाख, वीरगञ्ज । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा वीरगञ्जमा “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण“ भन्ने नारा सहित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्जको घण्टाघर चौकबाट निकालिएको प्रभातफेरी माईस्थान, महाविरस्थान चोक, अलखियामठ, आदर्शनगर सहित वीरगञ्जको मुख्य स्थानहरुको परिक्रमा गरेको थियो । प्रभातफेरीमा सहभागीहरुले डिजिटल पहुँच, साइबर सुरक्षा, र प्रविधिमा नवप्रवर्तनका विषयमा जनचेतनामूलक सन्देशहरु लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

कम्प्युटर एसोसिएसन महासंघ, पर्साका अध्यक्ष सन्जय सक्सेनाको अध्यक्षतामा भएको प्रभातफेरीमा सूचना प्रविधि क्षेत्रका व्यवसायी, सनलाइट कलेजका विद्यार्थी, शिक्षक, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो ।

डिजिटल साक्षरताको स्तर बढाउनु र डिजिटल नेपाल अभियानलाई व्यवहारमा उतार्न प्रोत्साहन दिने उदेश्यले प्रभातफेरी कार्यक्रम गरिएको आयोजक कम्प्युटर एसोसिएसन महासंघ, पर्साले जनाएको छ ।

एसोसिएसनका पर्सा अध्यक्ष सक्सेनाले प्रविधिको माध्यमबाट समृद्ध नेपाल निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको भन्दै युवाहरूलाई प्रविधिमा आधारित सोचको विकास गर्न आह्वान गरेका थिए ।

कम्प्युटर एसोसिएसन महासंघ, पर्साको आयोजनामा यस प्रभातफेरी कार्यक्रमलाई डायनामिक टेक्नोसफ्नले प्रायोजित गरेको थियो ।


सम्बन्धित समाचार