
२० बैशाख, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको जिराभवानी गाउँपालिका–१ गढिमाई मन्दिर नजिकैको दसगजा क्षेत्रबाट ४३ किलो ८ सय ग्राम अवैध गाँजा बरामद गरेको छ ।
आज बिहान ४ः५० बजे सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र बहादुर बिष्टको नेतृत्वमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट, महादेवपट्टिबाट गएको टोलीले नियमित गस्तीका क्रममा उक्त गाँजा बरामद गरेको हो ।
तस्करहरूले प्रहरी गस्ती देखेपछि गाँजाका पोका छाडेर भागेका थिए । बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय सेढवामा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साका प्रवक्ता नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।
सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र कारबाही अझ कडाइ गरेको जनाएको छ ।
सशस्त्र प्रहरीको सक्रियता र तिव्र प्रतिक्रिया क्षमताले सीमामा अवैध कारोबार नियन्त्रणमा सशक्त भूमिका खेलिरहेको देखिन्छ ।