Logo

२१ बैशाख, जगरनाथपुर। जनमत पार्टीको जगरनाथपुर गाउँपालिका इकाईको दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनबाट युवानेता सुनिल मुखिया बिनको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रूपमा गठन गरिएको हो ।

संगठन विस्तार र नेतृत्व विकासमा जोड
पार्टीको सांगठनिक सुदृढीकरण र स्थानीय नेतृत्व विकास गर्ने उद्देश्यसहित सम्पन्न अधिवेशन पर्सा जिल्ला क्षेत्र नं. ४ को क्षेत्रीय सम्पर्क कार्यालय, जगरनाथपुर गाउँपालिका–४, सुहपुरमा आयोजित थियो। प्रदेश सदस्य बृजेश्वर प्रसाद चौधरीको नेतृत्वमा कार्यक्रम संचालन गरिएको थियो।

अतिथि सहभागिता र स्थानीय समर्थन
अधिवेशनमा जनमत पार्टी पर्सा जिल्ला कार्य समितिका उपाध्यक्ष अमरनाथ सिंह राठौर प्रमुख अतिथिको रूपमा सहभागी थिए। वीरगंज महानगरपालिका समितिका उपाध्यक्ष केदार पटेल विशिष्ट अतिथि थिए।
कार्यक्रममा ठाकुर प्रसाद चौधरी, रामप्रताप महतो लगायत स्थानीय नेताहरू, कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय तहमा संगठन सुदृढ गर्ने अठोट
पार्टी नेताहरूले अधिवेशनलाई ऐतिहासिक भन्दै जनताको मुद्दा उठाउने र पार्टीको नीति तथा विचार गाउँ तहसम्म पुर्‍याउने कार्यमा नवगठित समितिको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे।

यस अधिवेशनले जनमत पार्टीको सांगठनिक पकडलाई ग्रामीण स्तरसम्म बलियो बनाउने, युवालाई नेतृत्वमा ल्याउने र आगामी राजनीतिक अभियानहरूमा संगठनलाई क्रियाशील बनाउने लक्ष्य लिएको बताइएको छ।


सम्बन्धित समाचार