Logo

२२ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालको खेल तालिका सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको तालिका अनुसार नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ ।समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ ।

शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ । समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् । छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् । भारतमा तयारी गरिरहेको नेपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।


सम्बन्धित समाचार