Logo

२४ बैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच हालै बढेको तनावलाई मध्यनजर गर्दै नेपालले आफ्नो अन्तर्राष्ट्रिय हवाई अड्डा र स्थलगत सीमा नाकाहरूमा सुरक्षा सतर्कता बढाएको छ। काठमाडौंस्थित गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो।

बैठकमा सहभागी एक अधिकारीका अनुसार, दुई छिमेकी राष्ट्रबीचको तनावले नेपालमा पर्न सक्ने सम्भावित असरबारे पनि छलफल भएको थियो। साथै, भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकहरूको सुरक्षा अवस्थाबारे जानकारी लिने र आवश्यक समन्वयका लागि कूटनीतिक माध्यम प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक यदुनाथ खरेल र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेललगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति थियो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक सुरक्षा अधिकारीले भने, ूगृहमन्त्रीज्यूको निर्देशनमा सीमामा थप सुरक्षा व्यवस्था मिलाउन आवश्यक निर्देशन जारी भइसकेको छ। अब यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा विस्तृत योजना बनाइनेछ।ू

यसअघि नै, सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ। बलका प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राखेर सीमामा निगरानी बढाइएको र अवैध घुसपैठ रोक्न भारतीय समकक्षी सशस्त्र सीमा बल ९एसएसबी० सँग समन्वय र संयुक्त गस्तीलाई तीव्रता दिइएको जानकारी दिएका छन्।


सम्बन्धित समाचार