Logo

२५ बैशाख, वीरगञ्ज । दुई जना युवतीलाई भारततर्फ बेचबिखन गर्न लैजाँदै गरेको अवस्थामा वीरगञ्जबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय रोजन भुजेल रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य गेटमा प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई रोकेर सोधपुछ गरेको थियो ।

आफन्त नेपालका कर्मचारीको उपस्थितिमा गरिएको सोधपुछका क्रममा उनीहरु शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धानका लागि कार्यालयमा ल्याएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा ती युवतीहरुसँगै रहेका धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय रोजन भुजेलले उनीहरुलाई हेटौंडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभन देखाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले रोजन भुजेललाई तत्काल नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानगरिरहेको छ ।


सम्बन्धित समाचार