
२७ बैशाख, वीरगञ्ज । उपकार सेवा नेपालले पकाहामैनपुर गाउँपालिका वडा नम्बर १, धोरेका शारीरिक रूपमा अशक्त एक जना व्यक्तिलाई व्हिलचेयर प्रदान गरेको छ।
हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका ती व्यक्तिलाई व्हिलचेयरको अत्यन्त आवश्यकता महसुस गरी संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी आफैँले उनको घरमै पुगेर एक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण गरेकी हुन्।
व्हिलचेयर प्राप्त भएपछि अशक्त व्यक्ति र उनको परिवारले खुसी व्यक्त गरेका छन्। उपकार सेवा नेपालले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।
उक्त कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, युवा नेताद्वय ओम प्रकाश सर्राफ र शिव जि सोनीलगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।