Logo

१५ जेठ, वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्सा शाखाको आयोजनामा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसका अवसरमा क्षमता अभिवृद्धि तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरिले पत्रकार कृष्ण सेन इच्छुकले पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदान र उनको बलिदानले नेपाली पत्रकारिता आन्दोलनलाई दिएको प्रेरणाको चर्चा गर्दै वर्तमान समयमा पनि प्रेस स्वतन्त्रता र सत्यतथ्यमा आधारित पत्रकारिताको आवश्यकता औंल्याए।
पत्रकारितामा पनि प्रेस सेन्टरका सदस्यहरुले गर्ने पत्रकारिता अरु भन्दा फरक हुनुपर्ने र वस्तुनिष्ठ हुनुपर्ने अध्यक्ष गिरीले बताए । उनले अहिलेको पत्रकारिता तथ्य र तथ्यांकमा आधारित पत्रकारिता हुनुपर्ने बताउदै जनपक्षीय पत्रकारितामा नै त्यो सम्भव रहेको बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्ती मगरले संगठनको इतिहास, वर्तमान र भविष्यको रणनीति र कार्यक्रमको बारेमा जानकारी गराउदै प्रेस सेन्टर नेपालले लिने अबको कार्यभार र कार्यदिशाको बारेमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।

केन्द्रीय प्रचार प्रसार विभाग सदस्य तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का बरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले जनपक्षीय पत्रकारिता र पत्रकारिताका चुनौतीहरु, समग्र पत्रकारितामा प्रेस सेन्टरका सदस्यहरुले गर्नुपर्ने पत्रकारिताको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष निरज पिठोकोटे मगर, र नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव दीपक गौतमको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर नेपाल पर्सा शाखाका अध्यक्ष शिवनाथ यादवले गरेका थिए। कार्यक्रममा पत्रकारहरूको पेशागत दक्षता वृद्धि, सामाजिक उत्तरदायित्व, डिजिटल युगमा पत्रकारिताको चुनौती, र प्रेस स्वतन्त्रताको संरक्षण सम्बन्धी महत्वपूर्ण विषयवस्तुमा छलफल भएको थियो।


सम्बन्धित समाचार