
१५ जेठ,काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।
विपक्षी दलहरूको अवरोधका कारण मंगलबारदेखि अर्थमन्त्री पौडेलको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम प्रभावित हुँदै आएको थियो।
सरकारले हरेक वर्ष बजेट प्रस्तुत गर्नुअघि संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ। यसै परम्पराअनुसार अर्थमन्त्री पौडेलले संसदमा सर्वेक्षण पेस गरेका हुन्।