
१६ जेठ, वीरगञ्ज । बाराको एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हस्पिटलमा आयोजित उक्त कार्यक्रममा २२ जना महिलासहित कुल ५२ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्ने सहभागीहरूमा सुमिन्त्रा कुमारी, गोविन्द साह, विक्रम चौधरी, डा. अनुज पटेल, सुनिल कुमार, दीपक साह, सगम साह, अनुषा, करुणा कार्की, डा. अब्तुश कास, डा. ओम गुप्ता, ऐशा सुनार, सन्दीप कुमार लगायत विभिन्न पेसा र समुदायका व्यक्तिहरू थिए।
हस्पिटल प्रांगणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा परवानीपुर गाउँपालिकाका मेयर राम क्षेत्री उपस्थित रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता हस्पिटलका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले गर्नुभएको थियो।
कार्यक्रमले हाल वीरगञ्जमा देखिएको रक्त अभावलाई केही हदसम्म कम गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ। नेपाल रेडक्रस सोसाइटी अन्तर्गत वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रका प्राविधिक मनिष गुप्ता र समीर आलमसहितको टोलीले कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेका थिए।