Logo

१७ जेठ,वीरगञ्ज ।नेकपा एमालेकी समानुपातिक सांसद निर्मला देवकोटाका श्रीमान् कुमार कोइराला विषादी सेवन गरी अचेत अवस्थामा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत छन्। घरायसी विवादका कारण उनले नाम नखुलेको विषादी सेवन गरेको बताइएको छ।

नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले कोइराला विगत ८ दिनदेखि अस्पतालको आइसियु कक्षको बेड नम्बर ’सी’ मा उपचाररत रहेको जानकारी दिए। उनलाई मृगौलामा पहिलेदेखि नै समस्या भएकोले विषादी सेवनका कारण थप समस्या देखिएको छ।

यो घटना सुरुमा राजनीतिक पहुँचका आधारमा प्रहरीलाई जानकारी नगराई गुपचुप राखिएको थियो। तर, जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादका कारण कोइरालाले विषादी सेवन गरेको खुलेको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार