Logo

१७ जेठ,बारा । बाराको विश्रामपुर गाउँपालिका–५ स्थित नकटुवा टोलमा शनिबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

समृद्ध नेपाल फाउण्डेसनको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सहकार्यमा यो शिविर आयोजना गरिएको हो।

शिविरमा कुल १४० जनाको आँखा परीक्षण गरिएको थियो, जसमध्ये ४० जनामा मोतियाबिन्दुको समस्या फेला परेको फाउण्डेसनले जनाएको छ। मोतियाबिन्दु फेला परेका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने फाउण्डेसनका अध्यक्ष सुरज कुमार सरार्फले जानकारी दिए। शिविरमा स्थानीय बासिन्दाहरूको आँखाको परीक्षण गरिनुका साथै आवश्यक परामर्श पनि प्रदान गरिएको थियो।

 


सम्बन्धित समाचार