Logo

१९ जेठ, काठमाडौँ । राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आन्दोलनरत यातायात व्यवसायी र गृहमन्त्री रमेश लेखकबीच वार्ता जारी रहेको छ। गृहमन्त्रालयमा दुबै पक्षबीच छलफल चलिरहेको छ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नेतृत्वमा व्यवसायीहरूले सोमबारदेखि देशभर सार्वजनिक यातायात सेवा ठप्प पारेका छन्। आन्दोलनले देशभर जनजीवन प्रभावित भएको छ।

यातायात व्यवसायीहरू गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावलीको विरोधमा छन्। उनीहरूको भनाइमा यस नियमावलीले कानुनी अस्पष्टता, व्यवसायिक असुरक्षा, र निष्पक्ष प्रतिस्पर्धामा प्रश्न उठाएको छ।

सरकारले वार्तामार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको भए पनि अहिलेसम्म ठोस सहमति जुटेको छैन। आन्दोलनका कारण देशभर सार्वजनिक यातायात सेवा पूर्णरूपमा ठप्प हुँदा यात्रुहरूहरुलाई सास्ती भएको छ ।

परीक्षा दिन निस्केका विद्यार्थी, अस्पताल जानुपर्ने बिरामी, र अत्यावश्यक काममा हिँडेका नागरिकहरू विशेष मारमा परेका छन्।

सरकार र व्यवसायीबीच वार्ता सकारात्मक दिशामा जान सक्ने अनुमान गरिए पनि आन्दोलनको समाधान कहिले हुन्छ भन्नेमा अन्योल छ।

यो पनि पढ्नुहोस्…

राइड सेयरिङ विवाद चुलिएपछि देशभर सार्वजनिक यातायात ठप्प, सर्वसाधारणलाई सास्ती


सम्बन्धित समाचार