Logo

१९ जेठ,काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, आइतबार सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित समाचार