Logo

२० जेठ, जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्।

पार्टी स्रोतका अनुसार अध्यक्ष प्रचण्डकै निर्देशनमा साहले राजीनामा दिएका हुन्। मधेश प्रदेशमा माओवादीका ९ जना सांसद छन्। तीमध्ये बहुमत सांसदहरू साहलाई दलको नेताबाट हटाउन दबाब दिँदै आएका थिए। तर साहले अध्यक्ष प्रचण्ड र उपमहासचिव तथा मधेश प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवको समर्थन रहेको भन्दै राजीनामा नदिने अडान लिइरहेका थिए।

तर, केही समयअघि साहले पार्टी हितविपरीत काम गरेको भन्ने उजुरी अध्यक्ष प्रचण्डसमक्ष पुगेपछि परिस्थिति बदलिएको थियो। उक्त उजुरीपछि अध्यक्ष प्रचण्डले नै उनलाई पदत्याग गर्न निर्देशन दिएका थिए।

स्रोतका अनुसार, अडानमा कायम रहेका साहले अध्यक्षकै निर्देशन आएपछि अन्ततः राजीनामा दिएका हुन्।


सम्बन्धित समाचार