Logo

२० जेठ,वीरगञ्ज । स्थानीय युवाहरूलाई रोजगारीमुखी सीप प्रदान गर्ने उद्देश्यले वीरगञ्जमा ३२ दिने “वेटर÷वेट्रेस“ सीपमूलक तालिमको आयोजना गरिएको छ। मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, राजपुर रौतहटको आर्थिक सहयोगमा आजदेखि यो तालिम सुरु भएको हो।

वीरगञ्जस्थित मधुशाला रेस्टुरेन्टमा तालिमको उद्घाटन गरिएको थियो। क्रीएटिभ स्किल्स प्रा.लि.को प्राविधिक साझेदारीमा आयोजित यस तालिममा प्रशिक्षक केशव महत र सहायक प्रशिक्षक राजन श्रीवास्तवले सहभागीहरूलाई तालिम दिने छन् हुनेछ, भने राधा हमालले सहजीकरणको भूमिका निर्वाह गने छन्।

आयोजक संस्थाका अनुसार, तालिममा सहभागीहरूलाई ग्राहक सेवा, भोजन सेवा, शिष्टाचार, सरसफाइ व्यवस्थापन, कार्यस्थलमा समन्वय र व्यावसायिक प्रस्तुतीकरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिनेछ। यस तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कुल २० जना सहभागी रहेको यो तालिम ३२ दिनसम्म चल्नेछ।


सम्बन्धित समाचार