Logo

२३ जेठ, वीरगञ्ज । ब्राईट कलेजले वीरगंजको टाउन हलमा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज स्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी साहय मीणाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उच्चस्तरीय शिक्षाका लागि योजना बनाउँदै अगाडि बढ्न प्रेरणा दिए। विद्यार्थीहरूले आफ्नो परिवार, समाज र राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउनु पर्नेमा जोड दिदै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले अबको यात्रामा सही लक्ष्य निर्धारण गरी सफलताको शिखर चुम्न सक्ने बताए ।

कार्यक्रमको अध्यक्षता कलेजका सभापति मुकेश गुप्ताले गरेका थिए। उनले विद्यार्थीहरूको शैक्षिक, सामाजिक र नैतिक विकास नै कलेजको प्रमुख उद्देश्य रहेको बताए । शिक्षाको माध्यमबाट युवा पुस्तालाई सक्षम र जिम्मेवार नागरिक बनाउन कटिबद्ध रहेकोपनि बताए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ पर्साका अध्यक्ष सूर्यनारायण विक, समिना रञ्जितकार, रश्मी भण्डारी, सन्तोष कुशवाहा र आनन्द पटेल, गोबिन्द प्रसाद, अखिल पटेल लगायत रहेका थिए।


सम्बन्धित समाचार