Logo

२३ जेठ, काठडमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–८ मा रहेको बाम्का बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको हो।

दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट बजारमा ठूलो क्षति भएको बताएका छन्। “अहिले पनि आगो नियन्त्रणमा आएको छैन। पूरै बजारमा ठूलो क्षति भयो,” उनले भने।

प्रारम्भिक जानकारी अनुसार, एक लाइनमा रहेका करिब ३० देखि ३५ वटा पसलमा आगलागीबाट क्षति पुगेको छ। मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ। आगो नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीयको टोली खटिएको छ।


सम्बन्धित समाचार