Logo

२५ जेठ,काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला रु तीन हजारले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ९० हजार ७०० मा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला रु दुई हजार १४५ मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औंस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको छ ।


सम्बन्धित समाचार