
२६ जेठ, काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला रु १०० ले घटेको हो।
आइतबार रु १ लाख ९० हजार ७०० मा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर रु १ लाख ९० हजार ६०० मा कारोबार भइरहेको छ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा रु ५ ले बढेको छ। आइतबार रु २ हजार १४५ मा कारोबार भएको चाँदी आज रु २ हजार १५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।