Logo

२७ जेठ, काठमाडौं । आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।

गत आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आज पनि घटेको हो । सोमबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । हिजो प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार