Logo

२७ जेठ काठमाडौं । आज नेप्से परिसुचक वृद्धि भएको छ ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २५ दशमलव ०७ अंकले बढेको हो । सो वृद्धिपछि नेप्से २६७८ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ६८ करोडको कारोबार भएकोमा आज १० अर्ब १६ करोडको भएको होे । १९६ कम्पनीको मूल्य बढ्दा ५२ कम्पनीको भने घटेको छ । समग्रमा बजारका सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५ दशमलव १२ प्रतिशत बढेको छ ।

यस्तै, बैंकिङ ०.९३, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.२८, हाइड्रोपावर ०.४६, लगानी ०.६८, जीवन बीमा १.०८, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.२६, अन्य १.५१ तथा व्यापार १.०७ प्रतिशत बढेको छ । दुई कम्पनी पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयर १० प्रतिशतले बढेका कम्पनीमा छन् ।

 


सम्बन्धित समाचार