
२७ जेठ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।
गोकर्णेश्वर नगरपालिका–१ चिलाउनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका ६१ वर्षीय सानुमान तामाङ मृत फेला परेका हुन् । उनी हिजो मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
उनी आफ्नै भान्जा ४८ वर्षीय आइतराम तामाङको घरमा मृत भेटिएको प्रहरीले बताएको छ । मृत्युको कारण भने खुलिसकेको छैन ।