Logo

२८ जेठ, काठमाडौं । सुनको मूल्य आज एकै दिन तोलामा १३ सय रुपैंयाले बढेको छ ।
नेपाली बजारमा सुनको मूल्य आज एक हजार ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा नै स्थिर रहेको छ । चाँदी हिजोको कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार