Logo

२८ जेठ, काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ ।

आज बजार परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर २,६६४ दशमलव ४७ बिन्दुमा बन्द भएको हो । जुन ० दशमलव ५१ प्रतिशतको गिरावट हो ।

बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनभन्दा सामान्य बढेको छ । दिनभर बजारमा कुल २४४ वटा कम्पनी र ३०७ वटा स्क्रिपको २ करोड २० लाख ७५ हजार कित्ताभन्दा बढी सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्यमा गिरावट आएको छ । कुल १७० कम्पनीको सेयर मूल्य घट्दा जम्मा ७७ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । आज बजारमा हाइड्रोबाहेक सबै समूहका सूचक घटेका छन् ।


सम्बन्धित समाचार