Logo

२८ जेठ,वीरगञ्ज । एस के सप्लायर्स वीरगंजको आयोजनामा आज मेकानिकहरूका लागि एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम एस के सप्लायर्सका सञ्चालक अब्दुल सकुर हवारीको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा टोटल इनर्जी लुब्रिकेन्ट कम्पनीका तर्फबाट ज्याहुल हक समानीले टोटल इनर्जी लुब्रिकेन्ट उत्पादनहरूका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो।

वीरगंजका विभिन्न वर्कशपका सञ्चालक तथा मेकानिकहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी मेकानिकहरूले टोटल इनर्जी लुब्रिकेन्टको बजार प्रतिक्रिया राम्रो रहेको बताएका थिए। यस अन्तक्र्रियाले मेकानिकहरूलाई नयाँ प्रविधि र उत्पादनबारे जानकारी प्राप्त गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार