
१४ असार, वीरगञ्ज । नेपालमै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड, लेमिनार भिट्रिफाइड टायल्सले वीरगंजमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। वीरगंजको लिन्करोडस्थित इशा ब्युल्ड मार्टलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार भिट्रिफाइड टायल्सले यो शोरूम उद्घाटन गरेको हो।
शनिबार आयोजित औपचारिक समारोहका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले शोरुमको उदघाटन गरे । उदघाटनपछि बोल्दै नगर प्रमुख सिंहले नेपाली युवाहरुले नेपाली उत्पादनमा गरेको साहसको सराहना गरे ।
उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै सबैलाई नेपालमै उत्पादन गरिएको वस्तुहरु प्रयोग गरेर स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नुपर्ने बताए । नेपालमा बेरोजगारहरुको संख्या बढ्दै गएको र युवाहरु पलायन भईरहेको अवस्थामा कम्तीमा नेपाली युवाहरुले उद्योग स्थापना गरेर स्वदेशी सामान उत्पादनमा देखाएको साहसमा साथ दिन आग्रह गरे ।
नेपाली उत्पादनलाई उपभोत्तासम्म पुर्याउने चुनौती रहेपनि यसमा युवाहरुमा देखिएको जोशले उत्पादनले नेपाली जनताको मन जित्नेमा आफू विश्वस्त रहेको मेयर सिंहले बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नेपालमा उत्पादन मूलक उद्योगहरु खोल्न निकै चुनौतीपूर्ण अवस्था रहेपनि युवाहरुले निर्माण क्षेत्रमा नेपाली उत्पादनको पहुँच बढाउन गरेको प्रयास सकारात्मक रहेको बताए ।
उनले उद्योग व्यापारमा एउटाले शुरु गरेपछि सबैले एउटै व्यापार व्यावसाय गर्ने प्रवृत्तिले अस्वस्थ प्रतिपस्र्धा हुने र त्यसले अन्तत्वगत्वा उद्योग व्यावसायक्षेत्रलाई नै नोक्सान हुने गरेको भन्दै यसलाई विश्वसनीय, टिकाउ र उपभोत्ताको मन जित्ने गरी उत्पादनको गुणस्तरीयता र उत्पादन निरन्तरताको शुभकामना व्यक्त गरे ।
वीरगञ्जमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन समारोहमा बोल्दै लेमिनार भिट्रिफाइड टायल्सका निर्देशक आशुतोष खेतानले इशा बिल्ड मार्ट शोरूममा घर निर्माणका लागि आवश्यक सम्पुर्ण सामग्री उपलब्ध भएको र निर्माणसम्बन्धी सबै समस्याको समाधान हुने बताए ।
अर्का निर्देशक अभिनव चुरिवालले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको भारवहन क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढि रहेको बताए । बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको जानकारी दिए ।
कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ। यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९।९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ हुने पनि कम्पनीको दावी छ ।