
१६ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको दोस्रो कारोबार दिन सोमबार ९।१९ अंकको वृद्धि देखिएको छ। यससँगै नेप्से परिसूचक २६३१ दशमलव ४८ विन्दुमा पुगेर बन्द भएको छ।
परिसूचकमा वृद्धि भए पनि अघिल्लो दिनको तुलनामा आजको कारोबार रकम भने घटेको छ। दिनभर २४८ कम्पनीका ३१८ स्क्रिपको कुल १ करोड ४१ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका कम्पनीहरूमध्ये १४५ वटाको सेयर मूल्य बढेको छ भने १०३ वटाको घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर भने रहेन।
समग्र बजार सकारात्मक रहे पनि चार वटा समूहका परिसूचक भने नकारात्मक देखिएका छन्। फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो र अन्य समूहमा गिरावट आउँदा बाँकी समूह बढेका छन्। सबैभन्दा धेरै वृद्धि उत्पादनमूलक उद्योग समूहमा देखिएको छ। कारोबार रकमको आधारमा साहस ऊर्जा ३६ करोड ५३ लाख रुपैयाँ सहित सबैभन्दा अगाडि रह्यो। त्यसैगरी, सानिमा माई हाइड्रोपावर र बुटवल पावर कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
आज सबैभन्दा बढी कमाउनेमा राप्ती हाइड्रो रह्यो, जसको सेयर मूल्यमा ९ दशमलव ९७ प्रतिशतको सकारात्मक सर्किट लागेको थियो। धौलागिरि लघुवित्त र विन नेपाल लघुवित्तका लगानीकर्ताले पनि क्रमशः ९दशमलव८० प्रतिशत र ९दशमलव १६ प्रतिशत कमाए।