Logo

१८ असार, वीरगञ्ज । बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको भट्टीमा विष्फोट भई बुधवार राती ९ बजे आगलागी भएको छ । इलका प्रहरी कार्यालय सिमराका अनुसार उद्योगको एउटा प्लान्टको भट्टीमा एक्कासी विस्फोट हुदा आगलागी भएको हो ।

इलका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको छ । उद्योगको प्लान्टमा रहेको पानीको सप्लाईबाट आगो नियन्त्रणमा लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

उद्योगको प्लान्ट विष्फोट हुँदा मानवीय क्षति भएको छ की छैन भनेर यकिन हुन नसकेको इलका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले बताए । हामी घटना स्थलमा छौ, उद्योगको आन्तरीक पानी सप्लाईबाट आगो नियन्त्रण गर्ने प्रयास भइरहेका छ, डिएसपी जोशीले भने ।

उद्योगमा भएको मानवीय क्षतीका बारेमा हाल सम्म एकिन हुन नसकेको डिएसपी पंडितको भनाई छ । उद्योगमा विस्फोट भएपछि उद्योगको गेटमा ठूलो संख्यामा स्थानीयवासीको भिड लागेको छ । घटनामा दुई जना घाइते भएको हुन सक्ने उद्योगका एक कर्मचारीले बताए । घाइते मध्ये एक भारतीय नागरिक रहेको स्रोतको भनाई छ ।


सम्बन्धित समाचार