Logo

स्पेनस्थित नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले बुधबार मेड्रिडमा आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलका क्रममा सहभागीहरुसँग सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री बुधबार स्पेनको सेबियाबाट बुधबार साँझ रेलमार्गबाट मेड्रिड आइपुग्नुभएको हो । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको छ।

म्याड्रिडस्थित नेपाली राजदूतावासले बुधबार आयोजना गरेको लगानी प्रवर्द्धन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि अनुकूल वातावरण बनेको र विभिन्न कानूनी, संस्थागत तथा प्रक्रियागत सुधारहरू भइसकेको बताउनुभयो।

प्रधानमन्त्रीले दक्षिण एसियामै नेपाल लगानीका लागि सबैभन्दा उपयुक्त गन्तव्य भएको दाबी गर्दै नवीकरणीय ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रहरूमा लगानीका लागि अपार सम्भावना रहेको औंल्याउनुभयो।

कार्यक्रममा सहभागी स्पेनी व्यवसायीहरूले नेपालको लगानी वातावरणबारे जिज्ञासा राख्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल(स्पेनबीचको व्यापारिक सहकार्यलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। स्पेनको प्रमुख वाणिज्य संघ कामारा दे कमर्सियो दे स्पान्याकी प्रमुख कार्यकारी अधिकृत इन्माकुलादा रियेराले नेपालप्रति आफूहरूको सकारात्मक दृष्टिकोण रहेको बताउनुभयो।

 


सम्बन्धित समाचार