१६ असार, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा .विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको बताएका छन्
आज काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा सञ्चारमन्त्री यस्तो बताएका छन् ।सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको बताएका छन् ।
तिमिल्सिनाले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन चाहेको कुरालाई जोड दिएका छन् ।सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको कामलाई प्राथमिकताका साथ अघि बढाएको र त्यसमा निकै राम्रो प्रगति भएको जिकिर पनि व्यक्त गरेका छन् ।
सञ्चारमन्त्री हुलाकसँग सम्बन्धित नीतिगत र संरचनामा नै पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

















