Logo

१९ असार, काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से २७ सय अंक पार गर्दै २७०३ मा कायम भएको छ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९ दशमलव १४ अंकले बढेको हो। यद्यपि, बजार बढ्दा पनि कारोबार रकममा भने सामान्य गिरावट आएको छ, आज कुल ९ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो जुन अघिल्लो दिनको ९ अर्ब ७४ करोडभन्दा कम हो।

फाइनान्समा फर्कियो चमक, अन्य क्षेत्रको प्रदर्शन

आज १२२ कम्पनीको मूल्य बढ्दा १२५ कम्पनीको घट्यो। बजार घट्दा सबैभन्दा बढी प्रभावित भएको फाइनान्स समूहमा आज आकर्षण देखिएको छ। गत आइतबारदेखि बजार बढे पनि फाइनान्सको प्रदर्शन कमजोर रहँदै आएकोमा आज भने यो समूह एकै दिन ४ दशमलव ०९ प्रतिशतले बढेको छ।

त्यस्तै, जीवन बीमा २ दशमलव ६२ प्रतिशत र निर्जीवन बीमा २दशमलव२४ प्रतिशतले बढेका छन्। बैंकिङ ० दशमलव ३१ प्रतिशत, विकास बैंक १ दशमलव २० प्रतिशत, उत्पादन तथा प्रशोधन ० दशमलव ३९ प्रतिशत र अन्य समूह ० दशमलव ०३ प्रतिशतले बढेका छन्।

यद्यपि, व्यापार १ दशमलव २९ प्रतिशत, माइक्रोफाइनान्स ० दशमलव २२ प्रतिशत, लगानी ० दशमलव ७७ प्रतिशत, हाइड्रोपावर ० दशमलव ५९ प्रतिशत र होटल तथा पर्यटन समूह ० दशमलव ०७ प्रतिशतले घटेका छन्।

सर्वाधिक वृद्धि र गिरावट हुने कम्पनीहरू

आज नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। त्यसपछि खानीखोला हाइड्रोपावरको ७ दशमलव १७ प्रतिशत, समृद्धि फाइनान्सको ७ दशमलव ०८ प्रतिशत, भूगोल इनर्जीको ६दशमलव ७८ प्रतिशत र सयपत्री हाइड्रोपावरको ६ दशमलव ५७ प्रतिशत मूल्य वृद्धि भएको छ।

घट्ने कम्पनीहरूमा भने सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले घट्यो। धौलागिरि लघुवित्तको ५ दशमलव ५५ प्रतिशत र पाँचथर पावरको ३दशमलव ७९ प्रतिशत मूल्य घटेको छ।

आज धेरै कारोबार भएका कम्पनीहरूमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेका छन्।

 


सम्बन्धित समाचार