
२१ असार, वीरगञ्ज । पर्सा फोटोग्राफर एशोसिएसनद्वारा प्रथम अधिवेशन तथा तेस्रो जिल्ला साधारण सभा शुक्रबार वीरगंजको लक्ष्मीनारायण प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।
पर्सा जिल्लाभरका फोटोग्राफर तथा भिडियोग्राफरहरूको सहभागिता रहेको यस कार्यक्रममा नयाँ सदस्यता, नविकरण तथा संगठन सुदृढीकरणबारे छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहेका थिए।
मेयर सिंहले महानगरपालिकाले फोटोग्राफर तथा भिडियोग्राफरहरूको सीप अभिवृद्धि, तालिम तथा व्यावसायिक विकासमा साथ दिने प्रतिबद्धता जनाए। उनले भने, “गएको वर्ष योजना सहित आउन आग्रह गरिए पनि कुनै प्रतिनिधि आएका थिएनन्, तर यसपटक सक्रिय सहभागिता देखिनु सकारात्मक पक्ष हो।”
पूर्व अध्यक्ष ओमप्रकाश कुशवाहाले सम्पूर्ण फोटो तथा भिडियोग्राफरहरूलाई संघमा आवद्ध हुन र एकताबद्ध भएर अघि बढ्न अनुरोध गरे। उनले नयाँ सदस्यता र नविकरण प्रक्रियामा सहभागी हुन आग्रह गरे।
कार्यक्रममा विशिष्ट अतिथि श्रीराम कन्डेल, हरिचन्द्र पन्त, निरञ्जन भण्डारी र विधाय सागरको उपस्थिति रहेको थियो।
नयाँ कार्यसमिति चयन
अधिवेशनले पर्सा फोटोग्राफर एशोसिएसनको नयाँ कार्यसमिति पनि चयन गरेको छ। जसअनुसार:
अध्यक्ष: मुकेश साह
उपाध्यक्ष: कामेश्वर गुप्ता
सचिव: अजय गुप्ता
सह–सचिव: अनिल कुमार बानिया
कोषाध्यक्ष: मकसुदन साह
सदस्यहरू: राजु, सन्तोष, महेश, राकेश, भरत, अशोक