Logo

२१ असार, वीरगञ्ज । Women’s Creation द्वारा आयोजित २१औँ समर एक्जिबिशन वीरगञ्जको होटल दियालोमा सम्पन्न भएको छ। विभिन्न विधा, क्षेत्र र व्यापारिक दृष्टिकोणलाई मध्यनजर राख्दै उक्त कार्यक्रम आयोजना गरिएको Women’s Creation की अध्यक्ष अञ्जु रूंगटाले जानकारी दिनुभयो।

नयाँ व्यापारिक सोच, महिला उद्यमशीलता प्रवर्द्धन र महिलाहरूलाई सफल व्यापारीका रूपमा समाजमा स्थापित गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कृष्णजन्माष्टमी, रक्षाबन्धन र मारवाडी समुदायको सिन्धारा पर्वलाई लक्षित गरी गरिएको यो प्रदर्शनीमा ५० वटा स्टल राखिएको थियो भने १,००० भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो।

कार्यक्रममा भारतको मुजफ्फरपुर, बेतिया, कोलकाता लगायत सीमावर्ती क्षेत्रका साथै नेपालका काठमाडौं, नारायणगढ, सिराहा र वीरगञ्जका व्यापारी तथा उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रदर्शनीमा महिला श्रृंगार सामग्री, पूजा सामग्री, महिलाका पहिरन, सजावटका सामग्री, परिकार, कस्मेटिक्स र आभूषणजस्ता विविध क्षेत्रमा केन्द्रित स्टलहरू राखिएको थियो।

कार्यक्रमलाई Royal Enfield ले प्रायोजन गरेको थियो भने Bigmaster, Quest Pharmia, Galaxy, र Premia सहप्रायोजकका रूपमा रहेका थिए।

कार्यक्रमको उद्देश्य केवल व्यापारिक होइन, उचित स्थान नपाएर आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका महिला समूहमार्फत निःशुल्क स्टल उपलब्ध गराइ सहयोग गर्ने रहेको आयोजक संस्था Women’s Creation की सदस्य अपर्णा पटवारीले बताउनुभयो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रमुख अतिथि रूपमा उपस्थित हुनुहुन्थ्यो भने वीरगञ्ज चेम्बर अफ कमर्सका अध्यक्ष हरी गौतम, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक तेमानी, APF का एसपी रधिश्याम समाल, र जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रको समेत उपस्थिति रहेको Women’s Creation की सदस्य नुतन सरावगीले जानकारी दिनुभयो।


सम्बन्धित समाचार