
२१ असार, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, टौवासस्थित खोलामा नुहाउने क्रममा एक युवकको खोलाले बगाएर मृत्यु भएको छ। शनिबार दिउँसो करिब सवा ३ बजे पर्साको वीरगञ्ज महानगरपालिका-५ घर भएका अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
वीरगञ्जबाट साथीहरूसँग इभी गाडी रिजर्भ गरेर भीमफेदीको टौवासमा पिकनिक मनाउन आएका शर्मा बनभोज खाएर रमाइलो गरिरहेका थिए। यसै क्रममा उनीहरू खोलामा नुहाउन गएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
नुहाउने क्रममा अचानक पानीको बहाव बढेपछि शर्मा खोलामा बगेका थिए। खोलाले बगाएर करिब ४०० मिटर तल फेला परेका उनको घटनास्थलमै मृत्यु भएको अर्यालले बताए।