Logo

२२ असार, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) ले शैक्षिक सत्र २०८२र०८३ का लागि विभिन्न प्रि(डिप्लोमा तहका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै इच्छुक तथा योग्य विद्यार्थीहरूलाई अनलाइन माध्यमबाट आवेदन दिन आह्वान गरेको हो।

छात्रवृत्तिका लागि सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन परिषद्को आधिकारिक क्ष्त्ःक् इलष्लिभ प्रणालीमार्फत दिइनुपर्नेछ, जसको अन्तिम म्याद २०८२ साउन ११ गते तोकिएको छ।

आवेदन गर्दा आवेदकले आफूले अध्ययन गर्न चाहेको कार्यक्रम, प्रदेश, र शिक्षालय स्पष्ट रूपमा छनोट गर्नुपर्नेछ। एकजना आवेदकले कुनै एक प्रदेशमा रहेका शिक्षालयहरूमा सञ्चालित एक कार्यक्रमका लागि मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

परिषद्का अनुसार छात्रवृत्तिको प्रतिस्पर्धा प्रदेशस्तरमा हुनेछ, र योग्य उम्मेदवारहरूको नामावली पनि सोही स्तरमा सार्वजनिक गरिनेछ।

 


सम्बन्धित समाचार