Logo

२२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न नयाँ रणनीति अपनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा प्रवाहमा सुस्तता आउँदा निक्षेप थुप्रिने क्रम नरोकिएपछि केन्द्रीय बैंकले नयाँ उपकरण प्रयोग गरेको हो। राष्ट्र बैंकले असार महिनामा मात्रै सात पटक तरलता खिचेको छ, जसमध्ये पछिल्ला तीन पटक ६३ दिने निक्षेप संकलन गरिएको छ। यसअघि बढीमा ४१ दिने निक्षेप प्रयोग गरिँदै आएको थियो। असार ११ गते ५० अर्ब र १५ गते ३० अर्बको ६३ दिने निक्षेप संकलन भइसकेको छ भने आज पनि ४२ दिनको लागि ४५ अर्ब निक्षेप संकलन गरिएको छ।

प्रवक्ता किरण पण्डितका अनुसार आगामी केही महिना तरलताको चाप यथावत रहने अनुमानले लामो अवधिको निक्षेप संकलन गरिएको हो। यसले ब्याजदर कोरिडोरलाई स्थिर राख्न र राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यद्यपि, बैंकहरूले राष्ट्र बैंकमा पैसा राख्न कम रुचि देखाउन थालेका छन्। १५ गते ३० अर्ब माग गर्दा १७दशमलव ५५ अर्ब मात्र आवेदन पर्नु र अधिकतम ३ प्रतिशत ब्याजदरले बैंकहरूलाई आकर्षित गर्न नसकेको अवस्थाले यो नीति कत्तिको प्रभावकारी हुन्छ भन्नेमा प्रश्न उठेको छ।

 


सम्बन्धित समाचार