Logo

२२ असार, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आगामी असार ३० गतेदेखि लगानीकर्ताका लागि एक आकर्षक अवसर ल्याउँदैछ। बैंकले ७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९० नामक १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गर्नेछ। यसमध्ये १८ लाख कित्ता अर्थात १ अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ, भने बाँकी १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको हिस्साबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिनेछ।

लगानीका मुख्य जानकारी

न्यूनतम आवेदनः २५ कित्ता (२५,००० रुपैयाँ)

अधिकतम आवेदनः सम्पूर्ण कित्ता

निष्कासन खुल्ने मितिः असार ३० गते

छिटोमा बन्द हुने मितिः साउन १ गते

ढिलोमा बन्द हुने मितिः साउन १२ गते

बिक्री प्रबन्धकः नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवा मा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखा कार्यालयहरूबाट वा मेरो सेयर अनलाइन मार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

उच्च सुरक्षित लगानी अवसरः

इक्रा नेपालले यो ऋणपत्र निष्कासनका लागि बैंकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल ए’ प्रदान गरेको छ। यस रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्छ, जसले लगानीकर्ताका लागि यो एक भरपर्दो विकल्प भएको देखाउँछ। ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।


सम्बन्धित समाचार