Logo

२२ असार, काठमाडौं । सुनचाँदी व्यवसायीहरूले आफ्नो आन्दोलनलाई असार २७ गतेसम्म जारी राख्ने घोषणा गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज गर्नुपर्नेलगायतका माग राख्दै उनीहरुले आन्दोलन असार २७ सम्म जारी राख्ने बताएका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्तिमार्फत काठमाडौं उपत्यकाका लागि आन्दोलनको नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् । व्यवसायीहरूले पसल बन्द गरी प्रदर्शन गर्दै आएका छन् । नयाँ करका कारण व्यवसाय धरापमा पर्ने र उपभोक्तालाई भार पर्ने उनीहरूको भनाइ छ । सरकारले व्यवसायीहरूको माग सम्बोधन नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

व्यवसायीहरुले असार २३ गते आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्लारनगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेका छन् ।


सम्बन्धित समाचार