Logo

२३ असार,वीरगञ्ज । स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरद्वारा पत्रकारहरूमाथि गरिएको दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस सेन्टरले दोषीमाथि तत्काल कानुनी कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

प्रेस सेन्टर पर्साले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य कार्यालय पर्साले सञ्चालन गरेको तालिम कार्यक्रममा सहभागी हुन गएका पत्रकारहरू — कार्य समिति सदस्य सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्दकुमार पटेललाई अधिकृत ठाकुरले अपशब्द बोल्दै गालीगलौज तथा दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको हो।

प्रेस सेन्टरका सचिव अजित भुजेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रहरी प्रशासनका उच्च अधिकारीहरूले दोषीमाथि कारबाही गर्न ढिलासुस्ती गर्दा पत्रकारहरूको सुरक्षामाथि नै प्रश्न उठेको छ।” साथै, प्रेस सेन्टरले प्रशासनको भूमिकाप्रति गम्भीर सन्देह व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन आग्रह गरेको छ।

विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ कि, “यदि दोषीमाथि शीघ्र कारबाही भएन भने प्रेस सेन्टर कडा संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुनेछ।”


 

 


सम्बन्धित समाचार