Logo

१२ असार,वीरगञ्ज । मुस्लिम समुदायको धार्मिक पर्व ताजिया (दाहा) आज वीरगञ्जमा श्रद्धा र उत्साहका साथ मनाइँदैछ। पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ।

वीरगञ्ज महानगरपालिका र सुरक्षा निकायले पर्वको व्यवस्थापन तथा समन्वयका लागि विशेष तयारी गरेका छन्। कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार बिहान सम्पन्न भएको पहिलो चरणको दाहा प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

“अहिलेसम्म दाहा शान्तिपूर्वक सम्पन्न भएको छ। प्रदर्शनका क्रममा हातहतियार प्रदर्शन गरिएको छैन र ठूलो स्वरमा डिजे पनि बजाइएको छैन,” प्रवक्ता बस्नेतले बताए।

दिउँसो २ बजेदेखि सुरु हुने विशेष दाहा प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार