१३ असार, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ २३१ जना प्रहरी सहायक निरीक्षक (असई) हरूलाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता र व्यावसायिक कार्यकुशलताका आधारमा जनपद समूहतर्फका योग्य सहायक निरीक्षकहरूलाई सोही समूहको नायव निरीक्षक पदमा बढुवा गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि एउटै पदमा कार्यरत रहेका र संगठनमा उत्कृष्ट योगदान पुर्याउँदै आएका जुनियर अधिकारीहरू यस बढुवा सिफारिसमा समेटिएका छन् । बढुवा समितिको यो निर्णयसँगै सिफारिस सूचीमा परेका अधिकारीहरूमा नयाँ उत्साह थपिएको छ ।
प्रहरी नियमावली अनुसार सिफारिस सूचीमा चित्त नबुझ्ने उम्मेदवारले सात दिनभित्र बढुवा पुनरावलोकन समितिमा उजुरी दिन सक्ने प्रावधान छ । उजुरी नपरेको खण्डमा वा उजुरीको फर्स्योटपछि सिफारिस भएका अधिकारीहरूलाई औपचारिक रूपमा पदोन्नति गरी नयाँ पदको दर्ज्यानी चिन्ह सुशोभन गरिने र देशभरका विभिन्न वृत्त तथा चौकीहरूमा पदस्थापन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस सूची :

















