Logo

२४ असार, काठमाडौं । त्रिशुली नदीमा आएको बाढीमा फसेका दुई जनाको हेलिकोप्टरबाट उद्दार गरिँदै छ । नुकवाकोटको बिदुर नगरपालिका–१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा एक पुरुष र एक महिला फसेका हुन्। उनीहरु बिहान दाउरा संकलन गर्न पुगेका थिए। तर, बाढीले नदीको सतह बढेपछि उनीहरु रुख चढेर बसेका हुन्। अहिले घटनास्थलमा सुरक्षा कर्मी र स्थानीय पुगेका छन् भने उद्धारका लागि हेलिकोप्टर पुगेको छ।


सम्बन्धित समाचार