Logo

२४ असार, नुवाकोट । नुवाकोटमा बाढीमा फसेका दुईजनाको हेलिकप्टरबाट सकुशल उद्दार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–१, लभ डाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया श्रीमती मंगली तामाङको त्रिशूली नदीबाट सकुशल उद्धार गरिएको हो।

दाउरा काट्न नदी किनारमा गएका बेला चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीले उनीहरू फसेका थिए। दुवै जनालाई हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय, नुवाकोटले जनाएको छ। उनीहरू खतरामुक्त रहेको र अहिले परिवारको सम्पर्कमा रहेको बताइएको छ। नदीमा पानीको बहाव बढेकाले किनारामा नजान र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।


सम्बन्धित समाचार