Logo

२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएका छन्।

‘भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसहित महत्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको छ,’ प्रचण्डले भनेका छन्, ‘यस प्राकृतिक विपद्मा नेपाल सरकारले तत्काल उद्धार, राहत तथा बेपत्ताको खोजीमा सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मौसमी पूर्वानुमानअनुसार यो वर्ष औसतभन्दा बढी वर्षा हुने भएकाले सरकारले उच्च सतर्कता अपनाउनुपर्ने बताए।

उनले सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघसंस्था र नागरिकहरूलाई एकजुट भई विपद् व्यवस्थापनमा सहयोग गर्न आग्रहसमेत गरेका छन्।


सम्बन्धित समाचार