२४ असार, काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको सफल उद्धार गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, र नेपाली सेनाको संयुक्त उद्धार टोलीले मंगलबार दिउँसो १२स्५० बजेसम्म उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकामध्ये ४ जना महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर सुरक्षित स्थानमा ल्याइएको प्रहरीले जनाएको छ। उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत समावेश छन्।

















