१२ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ७ कुम्हालटोल निवासी ५३ वर्षीय सुरज श्रेष्ठलाई उपकार सेवा नेपालले खाद्यान्न सहयोग गरेको छ। लामो समयदेखि बिरामी भई खुट्टा काटिएर शारीरिक अवस्था कमजोर तथा अपाङ्गता भएका श्रेष्ठलाई हातमुख जोड्न समस्या भएपछि संस्थाले यो सहयोग गरेको हो ।
उपकार सेवा नेपालले श्रेष्ठको घरमै पुगेर ३० किलो चामल (एक बोरा), दाल, नून, आलु, प्याज, स्वाबिन, खानेतेल र चिउरा लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
खाद्यान्न सहयोग कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, स्थानीय श्रवण रायमाझी र रितेश गुप्ताको उपस्थिति रहेको थियो। उपकार सेवा नेपालले विपन्न तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ।

















