Logo

१२ साउन, काठमाडौं । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच महत्त्वपूर्ण छलफल भएको छ।

शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक विषयहरूमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। छलफलमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन सहभागी छन्।

यस्तै, एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालसँगै वरिष्ठ नेता डा. बेदुराम भुसाल पनि उपस्थित छन् । यो भेटवार्ता वर्तमान राजनीतिक परिवेशमा दुई दलबीचको सहकार्य र आगामी रणनीतिका लागि महत्त्वपूर्ण मानिएको छ।


सम्बन्धित समाचार