Logo

२३ साउन, काठमाडौं । आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ एक हजार रुपैयाँले बढेर प्रति तोला एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको छ।

यो यसअघिको सबैभन्दा उच्च मूल्य (साउन २० गतेको एक लाख ९८ हजार पाँच सय रुपैयाँ) भन्दा पनि बढी हो।  चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रति तोला दुई हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य दुई हजार तीन सय १५ रुपैयाँ थियो।

 


सम्बन्धित समाचार