Logo

६ भदौ, काठमाडौं । लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने विषयमा भारत र चीनबीच भएको सहमतिलाई नेकपा माओवादी केन्द्रले नेपालको राष्ट्रियतामाथि सिधा प्रहार भनेको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । सांसद शर्माले भने, ‘यो केवल भूमि अतिक्रमणको विषय होइन, यो नेपालको सार्वभौमिकता र राष्ट्रियतामाथिको सिधा प्रहार हो । यो आँखा झिम्क्याएर हेर्ने विषय होइन, यो इतिहासको दोसाँधमा उभिएको राष्ट्रिय प्रेमको निर्णायक घडी हो।

उनले ऐतिहासिक तथ्यहरूले लिपुलेक नेपालको भूमि हो भन्ने देखाउँदा देखाउँदै दुई छिमेकी राष्ट्रले गरेको यो सहमतिलाई दुःखद बताए । सरकारले संसदको साथ लिएर तत्काल कूटनीतिक पहल गर्नुपर्ने र यदि त्यसो नगरिए सडकबाट आन्दोलन उठ्ने चेतावनी पनि उनले दिए ।


सम्बन्धित समाचार